Khabar Samachar

पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

204
VIEWS

नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दै छ । त्यहाँ इलाका प्रहरी कार्यालय दमकको टोली भने पुगिसकेको छ ।

घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको कार्कीले बताए । ‘घर अगाडि बिहान साढे ५ बजेतिर शंकास्पद वस्तु रहेको थाहा भयो,’ उनले भने, ‘म त घरमा थिइनँ, शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।’

करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले शंकास्पद वस्तु राखेर गएको हुनसक्ने उनले अनुमान गरे । ‘करिब ४ बजेतिर लाइट नबाली एउटा मोटरसाइकल आएको रहेछ,’ उनले भने, ‘त्यही मोटरसाइकलमा आएकाले राखेको हुनसक्छ ।’उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित