Khabar Samachar

Search
Close this search box.

बैंकिङ कसुरमा फरार प्रतिवादी सिनामंगलबाट पक्राउ

289
VIEWS

बैंकिङ कसुरमा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-२ बस्ने ४१ वर्षीया बबिता पन्त पौडेल रहेकी छिन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चितवनको साविक शिवनगर गाविस–८ स्थायी वतन भइ हाल काठमाडौं महानगरपालिका–२ बस्ने वर्ष ४१ की बबिता पन्त पौडेल रहेकी छन्। पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिइ कर्जा दिइ बैंकिङ श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७१ माघ २९ गते एक महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित