Skip to main content

Khabar Samachar

Search
Close this search box.

विवादपछि मेयर बालेन्द्रद्वारा नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण

212
VIEWS

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिर्याइएको मुकुटमा विवाद समाधान भएको छ । काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले आज बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरे ।

सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्‍याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता दिइएको बताए ।

शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।

रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

बौद्ध धर्ममा यस्तो मुख: (मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिषेक दिँदा लगाइदिने परम्परा छ । तर, एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो ।

यस विषयमा हिजो महानगरपालिकामा मेयरसहितको छलफल भएको बुझिएको छ । उक्त छलफलमा मेयर साहले जानेर–नजानेर गल्ती भएको स्वीकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरूप आज थँ हिति ज्याथास्थित छुस्या बहा: मा आयाेजत एउटा सानो कार्यक्रममा बालेन्द्र स्वयम्ले गुरु देय थ:पा लाई मुकुट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पत्रकारहरूलाई निम्त्याइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित