Khabar Samachar

विवादपछि मेयर बालेन्द्रद्वारा नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण

208
VIEWS

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिर्याइएको मुकुटमा विवाद समाधान भएको छ । काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले आज बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरे ।

सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्‍याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता दिइएको बताए ।

शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।

रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

बौद्ध धर्ममा यस्तो मुख: (मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिषेक दिँदा लगाइदिने परम्परा छ । तर, एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो ।

यस विषयमा हिजो महानगरपालिकामा मेयरसहितको छलफल भएको बुझिएको छ । उक्त छलफलमा मेयर साहले जानेर–नजानेर गल्ती भएको स्वीकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरूप आज थँ हिति ज्याथास्थित छुस्या बहा: मा आयाेजत एउटा सानो कार्यक्रममा बालेन्द्र स्वयम्ले गुरु देय थ:पा लाई मुकुट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पत्रकारहरूलाई निम्त्याइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित