Skip to main content

Khabar Samachar

Search
Close this search box.

आजदेखि साझा यातायातका विद्युतीय बस सञ्चालनमा आउने

214
VIEWS

साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजदेखि सञ्चालनमा आउने भएका छन्।

पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका बताइएकाे छ।

साझा यातायातले विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने भएको छ।

साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।

जसमा चिनियाँ कम्पनी सीएचटीसीका बस खरिद सम्झौता गरेको छ। त्यसमध्ये ३ वटा बस परिक्षणका लागि नेपाल आइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित