Khabar Samachar

बाजुराको बुढीगंगा मतगणना अपडेटः १४०० मत गन्दा एमालेका बानियाँ १२१ मतले अघि

220
VIEWS

बिहीबार सम्पन्न भएको बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका रामबहादुर बानियाँले अग्रता कायम राखेका छन्।वडा नम्बर १ र १० को १४०० मत गन्दा मेयरमा बानियाँले ७२२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ६०१ मत ल्याएका छन्। खातीभन्दा बानियाँ १२१ मतले अगाडि छन्।

यस्तै उपमेयरमा पनि एमालेकी माया खड्का कुँवरले अग्रता लिएकी छिन्। कुँवरले ७११ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले ६२३ मत प्राप्त गरेकी छन्।

दुवै वडामा एमाले अगाडि छ। १ मा एमाले उम्मेदवारले २८७ ल्याउँदा कांग्रेस उम्मेदवारले २६२ मत पाएका छन्। यस्तै  वडा १० मा एमालेकाे ४०५ र कांग्रेसकाे ३४८ मत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित