Khabar Samachar

र्‍यापर यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरको १५ लाख बजेट

252
VIEWS

काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।

उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए।

मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।

‘मेयरसाहब आफैं पनि यो जनराको र्‍याप गायक हुनुहुन्छ,’ उनले भने,‘यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्‍यापरले आफ्नो आइडल मान्छन्, धेरै श्रोताले उहाँलाई सम्मान गर्नुहुन्छ, त्यसैलाई ध्यानमा राखेर महानगरले सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो ।’

शालिक कहाँ स्थापना गर्ने भन्ने चाहिँ यकिन नभएको उनले बताए।

‘सडकमा जथाभाबी राख्ने छैनौं। जुन ठाउँमा अर्थपूर्ण हुन्छ, त्यहीँ राख्छौं। हिपहिप संगीतसँग जोडिएको स्थानमा राख्ने हाम्रो योजना छ,’ उनले भने।

यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक बनाउन लागेको भूपदेवको भनाइ छ। लन्डनमा आत्महत्या गरेका यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित