बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।
रामबहादुरले ४७७७ मत ल्याएका छन्। यहाँ कांग्रेसबाट मेयर उठेका रंगबहादुर खाती पराजित भए। उनले जम्मा ३७७४ मत ल्याएका छन्।
यस्तै उपमेयरमा मायाकुमारीले ४७२७ मत ल्याएकी छन् भने उपमेयरकी अर्की उम्मेदवार रिता शाही शाहले जम्मा ३७५५ मत ल्याएर पराजित भइन्।
Discussion about this post