Khabar Samachar

बौद्धको गेष्टहाउसमा युवतीलाई सामुहिक बलात्कार गर्ने तीन जना कारागार चलान

227
VIEWS

काठमाडौंको बौद्धमा युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन्।

 सोमबार जिल्ला अदालत काठमाडौंले सामुहिक बलात्कार गर्ने तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र गेष्टहाउस सञ्चालकलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

सामुहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको मेलम्ची २ का २२ वर्षीय रिन्जेन दावा लामा, सर्लाहीको बागमती ४ का ३४ वर्षीय उत्तरमान मोक्तान र काठमाडौं महानगरपालिका ६ का २४ वर्षीय रितेश तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

 गेष्टहाउस सञ्चालक झ्याम्पे ढिल्ले शेर्पा भने १० लाख रुपैयाँ धरौटीमा छुटेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरुलाई काठमाडौं प्रहरीले घटना भएकै दिन बौद्धबाट पक्राउ गरेको थियो।

गत जेठ २९ गते बौद्धको लुङता गेष्टहाउसमा २४ वर्षीय युवतीमाथि सामुहिक बलात्कार भएको थियो। राति २ बजे गेष्टहाउसमा लगेर आफूलाई तीन जनाले बलात्कार गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित