Khabar Samachar

काठमाडौं महानगरपालिकाले प्रयोगमा ल्यायो तीन वटा दमकल

205
VIEWS

काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ।

यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ, सोही अनुरुप पुर्व मेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरू महानगरमा आइपुगेका छन् ,’ मेयर शाहले भनेका छन्, ‘दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ।’

आगोको विषयमा कहिल्यै पनि हेलचक्र्याइँ नगर्न उनले आग्रह गरेका छन्।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित