Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका ४ जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेश

235
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका ४ जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि जनाएका ४ नेतालाई राप्रपाले २४ घन्टे स्पष्टिकरण सोधेको थियो। उनीहरुले स्पष्टीकरण नदिई पार्टी परित्यागको घोषणा गरेका थिए। बिहीबार दिउँसो राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले प्रवेश गराएका हुन्। राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए। त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि कमल थापाको पार्टीमा प्रवेश गरेकाछन्। त्यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले उनीहरुलाई पार्टी हितविरुद्ध लागेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित