Skip to main content

Khabar Samachar

Search
Close this search box.

फेरि नेकपा ब्युँतिन सक्छ: माधव नेपाल

210
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयबाट आफूहरू झस्केको बताएका छन्।

कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

‘गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ। साथै तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भुमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठ्बन्धनमा रहेका दलहरुसंग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ साउन २ मा सकिएको कांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको थियो।

कांग्रेसको यही निर्णयले आफूहरू झस्केको अध्यक्ष नेपाल बताउँछन्। कांग्रेसले अरू दलको पनि अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने आशा राखे पनि केन्द्रीय समितिको निर्णयले त्यस्तो आशा राख्ने ठाउँ नदेखिएको नेपाल बताउँछन्।

‘कांग्रेसलाई सबक सिकाउनुपर्ने केही छैन। तर कांग्रेसको निर्णयले म पनि झस्केको छु,’ अध्यक्ष नेपालले भने, ‘हामीले धेरै आशा गरेका थियौं। कांग्रेसले अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने थियो। तर स्थानीय चुनावमा ७७ जिल्लामा हाम्रो प्रतिनिधित्व होस् भन्ने चाहेका थियौं तर पोखरा महानगरमा केन्द्रित रहेर चुनावी बहस भयो। चार हजार मत आउँदैन भनेका थिए, हामीले जित्यौं।’

‘खासगरी नेपाली कांग्रेसको बैठकबाट जुन किसिमको मूल्यांकन आयो यसले हामीलाई अलि शशंकित बनायो,’ इमेज टिभीको हट सिटका लागि पत्रकार जगदीश खरेललाई बिहीबार दिएको अन्तर्वार्तामा अध्यक्ष नेपालले भनेका छन्, ‘उहाँहरूले आफूलाई ६०/७० प्रतिशत सिट चाहिने अनि अरूले एक सिट जित्लान्, ८ सिट जित्लान् भन्ने खालको स्टमेट आइसकेपछि हामीलाई साह्रै नै अवमूल्यन गरियो कि भन्ने लागेको छ।’

कांग्रेसले जतिसुकै दाबा गरे पनि यति धेरै सिट एक्लै जित्न नसक्ने अध्यक्ष नेपालले बताएका छन्। ‘चुनावमा कांग्रेसका कुन-कुन नेता सुरक्षित छन् भन्न सकिँदैन,’ उनले भने।

उनले नेपालका कम्युनिष्ट र वामशक्तिलाई एकता गर्ने जिम्मेवारी आफूहरूको रहेको बताएका छन्। चुनाव आइसकेकोले छिटो यसबारे छलफल गर्नुपर्नेमा अध्यक्ष नेपाल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित