आइतबार दिउसो पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं २ लघुवामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने१७ जना घाइते भएका छन् ।गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।
२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे रिब्दिकाेट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन्।
घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएकाे अधिकारीले बताइन्।
Discussion about this post