Khabar Samachar

नुवाकोट र धादिङका स्थानीय आक्रोशित, भदौ १ बाट फोहोर फाल्न नदिने चेतावनी

463
VIEWS

नुवाकोट र धादिङका ल्यान्डफिल साइटका स्थानीयले सरकारले यसअघि गरेको निर्णय कार्यान्वयनमा ध्यान नदिएको भन्दै आगामी भदौ १ बाट फोहोर लान नदिने बताएका छन्। सहमतिअनुसार आफूहरुको माग पूरा नभएको, जनजीविकासँग महानगरपालिकाले कुनै सरोकार नराखेको स्थानीयको आरोप छ।

ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार बुधबार (११ साउन) मा सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाइएको छ। ‘८ पृष्ठ लामो ज्ञापनपत्र हामीले दिएका छौं,’ ढुंगानाले मन्त्री चौधरीसँगको भेटबारे जानकारी दिँदै भने, ‘विगतमा भएका सहमति कार्यान्वयनको पक्षमा म लागेको छु, मलाई केही दिनको समय दिनुस् भनेर उहाँले भन्नुभएको छ।’

संवदेशनशील क्षेत्रमा बसोबास गरिरहेको बस्तीका मानिसहरुलाई चाँडोभन्दा चाँडो नसारे सधैंका लागि फोहोर लान नदिने चेतावनी समितिले दिएको छ। ‘गन्धको कारण त्यहाँ खेतीपातीमा काम गर्न गएका मान्छेहरु पनि वान्ता गर्न थालेका छन्,’ आक्रोशित एक स्थानीयले नेपालखबरसँग भने। संघर्ष समितिले आज (बिहीबार) दिउँसो १२ पत्रकार सम्मेलन गरेर आफ्ना समस्या सुनाउने भएको छ। सरकारले माग सम्बोधन गर्ने भन्दाभन्दै पनि मेयर शाहका कारण कठिन भएको स्थानीयको आरोप छ। ‘सरकारले माग सम्बोधन यो पटक गर्न लागेको हामीले बुझेका थियौं,’ एकजना असन्तुष्ट स्थानीयले भने, ‘तर मेयर शाहले मेरो फोहोर म आफैं गर्छु भनेर केन्द्रीय राज्यसत्तालाई समेत चुनौती दिन थालेकोजस्तो देखियो, जसको समस्या हामी पीडितले प्रत्यक्ष भोग्न थालेका छौं।’
सडक निर्माणका नाममा बजेट दुरुपयोग भएको ती स्थानीयको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित