Khabar Samachar

आज मन्त्रिपरिषद् बैठक, निर्वाचन मितिबारे निर्णय हुने सम्भावना

201
VIEWS

आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय हुनसक्ने बताए ।सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ । चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो । निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित