Khabar Samachar

सुनसरी १ बाट चुनाव लड्ने अशोक राईको घोषणा

234
VIEWS

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पहिलो वरियताका नेता अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

जसपाले मंगलवार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले दोस्रो पटक सुनसरी १ बाट चुनाव लड्ने योजना सुनाएका हुन् ।

उनी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । तर एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका थिए । यस पटक पनि सत्ता गठबन्धनको समर्थनमा आफू उम्मेदवार बन्ने तयारी भइरहेको राईले बताए ।

राईले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने भन्दै सुनसरी क्षेत्र नम्बर १ का जनताले आफूलाई माया गरेको बताए । तर गठबन्धनमा सिट बाँडफाँट गर्दा सो क्षेत्र जसपाको भागमा नपरे अन्यत्र जान पनि तयार रहेको राईले बताए ।

स्थानीय चुनावमा वडा तहमा दलहरूले पाएको मतका आधारमा यो क्षेत्रमा सबैभन्दा बढी मत एमालेको ३३ हजार ४५३ छ । त्यस्तै कांग्रेसको २५ हजार ६६४ मत वडा तहबाट आएको छ भने तेस्रो स्थानमा रहेको माओवादीको ७०१८ मत छ । जसपाको मत राप्रपा र नेकपा एसको भन्दा पनि कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित