Khabar Samachar

Search
Close this search box.

टिपरले बाख्रा किचेपछि फेरि रोकिए फाेहाेरका गाडी

208
VIEWS

काठमाडौं उपत्यकाको फोहोर बोकेर जाँदै गरेकाे टिपरले बाख्रा मरेपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका छन् ।आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले किचेर बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् । उपत्यकाको फोहोर हिजोदेखि उठ्न थालेको थियो । स्थानीयको आन्दोलनपछि आजबाट फेरि रोकिएको छ।

स्थानीयकाे अवराेधपछि फाेहाेरका  सयाै‌ गाडी राेकिएका  छन् ।शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो । कुनै अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित