Skip to main content

Khabar Samachar

Search
Close this search box.

युवा संघले उठायो बानेश्वरको फोहोर

227
VIEWS

लामो समयदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेला नेकपा एमालेको भातृ संगठन युवा संघले सोतबार नयाँ बानेश्वर क्षेत्रको फोहोर उठाएको छ।

सडक प्रयोगकर्तालाई असर गर्ने गरि थुप्रिएको फोहोरले दुर्घन्ध बढेपछि एमाले निकट युवाहरूले फोहोर उठाएका हुन्।

पटक पटकको प्रयासपछि पनि विवाद कायमै रहँदा काठमाडौंको फोहोर उठ्न सकिरहेको छैन।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्यसुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित