Khabar Samachar

बञ्चरेडाँडाको अवरोध हट्यो, बिहीबार एकैदिन २८५ गाडी फोहोर झारियो

205
VIEWS

बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा पुग्ने सडकमा केही दिनदेखि जारी अवरोध हटेको छ।

सिसडोल र बञ्चरेडाँडा क्षेत्रमा जाने सडकमा स्थानीयबासीले गरिरहेको अवरोध हटेपछि फोहोर उठ्न थालेको जानकारी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका छन्।

‘सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोध हटेका छन्’, मेयर शाहले भनेका छन्, ‘आज मात्रै २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेका छन्। यही गति कायम रहे केही दिनमा सबै फोहोर उठिसक्ने छ।’

उनले फोहोर बोक्ने ट्रकहरु सीमित भएकाले व्यवसायीहरूसँग पनि सहयोग मागेका छन्।

‘ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ’, उनले लेखेका छन्, ‘हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।’

उनले फोहोर उठाउने टिपर तथा ट्रक अझै उपलब्ध गराइदिन पनि आह्वान गरेका छन्।

बालेन्द्र मेयर हुनु अघिदेखि नै काठमाडौंमा फोहोर थुप्रिन थालेको थियो। स्थानीय निर्वाचनयता काठमाडौंमा निरन्तर फोहोर उठ्न सकेको थिएन।

एक सातायता बञ्चरेडाँडा क्षेत्रमा सत्तारुढ दलकै कार्यकर्ता फोहोर ओसार्न अवरोध गर्दै सडकमा उत्रिएका थिए।

तर काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुसहित र महानगरपालिका समेतले स्थानीय दलका नेता कार्यकर्ता र सरोकारवालासँग वार्ता गरेपछि तत्काललाई समस्या टरेको हो।

उता काठमाडौं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि फोहोरको अवरोध हटेको बताएका छन्।

‘काठमाडौँको फोहोर पुनः उठ्न थाल्यो,यो खुसीको खबर हो। तर,फेरि अवरोध पो हुने होकि भन्ने संशय भने मनमा छ’, उनले भनेका छन्, ‘यस पटक समस्या नबल्झिने गरी हल खोजौँ भन्ने चाहना र प्रयत्न हो। यसैका लागि आज काठमाडौँका केही सांसद, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र शहरी विकास मन्त्रीसँगै बैठक बस्यौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित