Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरपालिका का ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने

225
VIEWS

काठमाडौं महानगरपालिका का ३२ वडामै रहेका  भूमिगत पार्किङको अनुगमन हुने भएको छ । महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो ।

अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् ।

महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ ।

‘काठमाडौंमा करिब २८६ वटा भूमिगत पार्किङका लागि नम्सा पास भएका भवनहरु छन्,’ ती महानगरका एक अधिकारीले भने,’ती भवनहरुबारे वडाले अवस्था हरेर विवरण संकलन गर्ने र त्यसअनुसार कारवाही गर्ने गरी निर्देशन भएको छ ।’

वडा कार्यालयहरुलाई पनि यसमा जिम्बेबार बनाउने गरी योजना बनेको हो । कतिपय वडाध्यक्षले आफूहरुलाई जानकारी नदिई डोजर चलाएको आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित