Skip to main content

Khabar Samachar

Search
Close this search box.

महानगरपालिकाले शनिबार बनस्थलीका अवैध संरचना भत्कायो

206
VIEWS

काठमाडौं महानगरपालिकाले शनिबार पनि अवैध संरचना भत्काउनेक्रम जारी राखेको छ। महानगरले नक्सा पास नगरी बनाएका संरचनाहरुमा डोजर लगाउनेक्रम शनिबार बनस्थलीस्थित ढुङ्गेधाराबाट शुरु गरेको छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए।

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।

अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुन: आइतबारदेखिय अभियानले निरन्तर पाउने महानगरपालिकाले बताएको छ ।

नक्सा पासबिना तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनामा डोजर लाउने काम आज पनि भइरहेको छ।

मेयर बालेन्द्र शाह डोजर लिएर आज बालाजु वनस्थली क्षेत्र पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित