Khabar Samachar

दसैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

204
VIEWS

दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ ।  बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो ।

अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले  जानकारी दिए ।

योसँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने भएका छन् । साथै, मंगलबारको बैठकले यातायात व्यवसायीसँग ९ बुँदे सहमति समेत भएको प्रवक्ता पनेरुले जानकारी दिए ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित