Khabar Samachar

Search
Close this search box.

सन्दीपलाई विमानस्थलबाटै पक्राउ पर्न सक्ने

218
VIEWS

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

एकजना नाबालिगकलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन्।

प्रहरी बृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरिसकेको छ।

आइतवार साँझसम्म नेपाल आइपुग्न लागेका उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतवार साँझसम्म उनी नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ।

भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए।

क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किएका हुन्। उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए।

उनी सम्भवत: आइतवार साँझसम्म नेपाल आउने सूचना पाएपछि प्रहरी सतर्क भइसकेको छ। उनीमाथि नुवाकोट एकजना किशोरीलाई सिनामंगलस्थित होटलमा राखेर बलात्कार गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित