Khabar Samachar

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

205
VIEWS

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले बताए । उनले भने– ‘१० पुरुष र ३ महिलालाई नियन्त्रणमा लिएर प्रहरी वृत कीर्तिपुरमा राखिएको छ ।’

भीआइपी सवारीका कारण उनीहरुलाई माइतीघर आउन रोकिएको रिजालले जानकारी दिए । पैदल हिँडेर कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेका मिटरब्याज पीडितलाई प्रहरीले रोकेपछि झडप भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउँदैछन् । उनको भ्रमणअघि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेको अभियन्ता निर्घ नवीनले बताए। मिटरब्याज पीडितलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ। उनीहरूले प्रहरी वृत्तमा पनि नाराबाजी गरिरहेका छन्।

मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्। उनीहरू यसअघि गौशाला क्षेत्रमा बस्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित