Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवीन्द्र मिश्रलाई राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता

205
VIEWS

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् ।

विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् ।

मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दावीबाट पछि हट्ने संकेत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरीयतामा देखिनेछन् ।

स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को–को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन । कतिपयले मिश्र राप्रपामा प्रवेश गर्न लागेको भनी चर्चा गरे पनि उनी निकटस्थले यो दुई पक्षबीचको एकता प्रयास नै भएको दाबी गरेका छन् ।

मिश्रले अहिले यसबारेमा खुलेर टिप्पणी गर्न अस्वीकार गरे । आफू प्रतिनिधिसभा चुनावमा काठमाडौंबाट उठ्ने टुंगो भएको, बाँकी सबै विषय छलफलमा रहेको उनले बताए । ‘प्रष्ट के हो भने म चुनावमा उठ्छु, असोज पहिलो सातासम्ममा म उम्मेदवारी घोषणा गर्छु’, उनले भने ।

मिश्र पक्षका नेताहरुले राप्रपासँगको बैठक सकारात्मक मोडतर्फ अघि बढे पनि केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय समिति सबैको टुंगो नलागुन्जेल यो प्रक्रिया पूरा नहुने भन्दै अडान लिएका छन् ।

राप्रपाका नेताहरु मिश्रसँग सहकार्य गर्न इच्छुक हुँदै गर्दा बुद्धिमान तामाङ लगायत नेताहरुले वरीयताको विषयमा प्रश्न उठाइरहेका छन् ।

वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका मिश्र पछिल्ला दिनहरुमा मार्ग परिवर्तन भन्दै संवैधानिक राजसंस्था, हिन्दुबौद्ध राष्ट्र, संघीयता खारेजीलगायत मुद्दा उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित