Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश

204
VIEWS

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

त्यसक्रममा उनले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुदै प्रमुख समेत भएर काम गर्दा केपी ओली जस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् ।

इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको बताएका खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए ।

‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ’, खनालले ओलीलाई देखाउँदै भने, ‘सिके राउत र विप्लव समूहलाई पनि शान्तिपुर्ण ढंगले मुल राजनीतिक धारमा ल्याउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित