Khabar Samachar

Search
Close this search box.

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाइने

214
VIEWS

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल आसपासमा चङ्गा नउडाउन अनुरोध गरेको छ।

दसैं नजिकिँदै गर्दा आकाशमा चङ्गा देखिन थालेसँगै प्राधिकरणले यस्तो अनुरोध गरेको हो।

प्राधिकरणले बुधबार सूचना निकाल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयान उडान तथा अवतरणको समयमा विमानस्थल आसपासमा चङ्गा नउडाउन अनुरोध गरेको हो।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा उल्लेख छ।उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने समेत प्राधिकरणले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित