Khabar Samachar

सरकारलाई सफल बनाउने गरी बजेट बन्दैछ, प्रधानमन्त्रीको पूर्ण साथ : अर्थमन्त्री

207
VIEWS

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणका लागि उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिनुभएको छ ।
मन्त्रालयको आग्रहमा बिहिबार दिउँसो महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफल गर्नुभएको थियो ।
सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई बिश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा अघि बढिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘मैले बजेट निर्माण थाल्नुअघि सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गरेको थिएँ । त्यसक्रममा तपाई (प्रधानमन्त्री) को नेतृत्व लिएर बजेट बनाउने हो । यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमाा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु । उहाँले पनि ठीक छ, तपाई अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया शुरु गरिएको हो’ उहाँले भन्नुभयो ।
बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उहाँले बताउनुभयो । ‘अहिले तपाईहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखी झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्बजनिक गर्छौं’ मन्त्री शर्माले भन्नुभयो ।
शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उहाँले बताउनुभयो । उहाँले राजनीज्ञ, कर्मचारी, व्यवसायी र आम उपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थको कुरा हेर्न नहुने बताउनुभयो । साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि उहाँले आग्रह गर्नुभयो ।
‘निजी क्षेत्रको समस्याको संरक्षकत्व गर्ने ठाउँ यहीं हो । यो भन्दा अरु ठाउँ नै छैन’ उहाँले भन्नुभयो, ‘त्यसैले आफ्नो स्वार्थलाई अलि पर राखेर देशलाई फाइदा हुने कुरा लिएर आउन म आग्रह गर्छु ।’ उहाँले अर्थतन्त्र र व्यवसायीक क्षेत्रका बारेमा चिन्ता प्रकट गर्नु सकारात्मक भएको भन्दै यसमा राजनीतिक स्वार्थ भने नराख्न सुझाव दिनुभएको थियो ।
‘बिना स्वार्थ देशको अर्थतन्त्रलाई माथी उठाउन म तयार छु । तपाईहरु पनि तयार भएर आउनुस्’ उहाँले भन्नुभयो । सो छलफलमा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालिन, मध्यकालिन् र दीर्घकालिन सुझाव पेश गर्नुभएको थियो । उहाँले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको बिषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताउनुभएको थियो ।
‘अहिले हामी जुन समस्याबाट गुज्रिरहेका छौं । यो नियन्त्रण गर्ने कुरा भनेको सरकारको क्षमतता भन्दा बाहिर छ । त्यसैले निजी क्षेत्रको मनोबल पनि धेरै खस्केको छ’ उहाँले भन्नुभयो । त्यस्तै उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिनुभयो । उहाँले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पिपिए रोक्ने काम ठीक नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री बातावरण सृजना गर्न सुझाव दिनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित