Khabar Samachar

Search
Close this search box.

दसैँ बिदामा काठमाडौं महानगरवासीलाई सिटामोल र जीवनजलको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा

203
VIEWS

काठमाडौं महानगरपालिकाले दसैँ बिदाका बेला पनि नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने  भएको छ।

 डेंगुको प्रकोप फैलिएका बेला महानगरपालिकाले ‘दसैँ बिदाका लागि विशेष व्यवस्था’ गरी ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो।
 नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत स्थानीयले सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने मेयर बालेन्द्र शाहले बताएका छन्।

यस्तै २४ घण्टे हटलाइन सेवा व्यवस्था गरिएकाले ११८० नम्बरमा फोन गरेर महानगरवासीले डेंगुबारे जानकारी लिन सक्ने उनले जानकारी दिएका छन्।

यस्तै दसैँ बिदाको अवधिमा निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरिएकाले १०२ मा फोन गरेर यो सेवा लिन सकिने महानगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित