Khabar Samachar

Search
Close this search box.

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना,बिते सेनाका खेलाडी

205
VIEWS

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

सराङकोट स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको प्याराग्लाइडिङ १०० मिटर तल खसेका थियो । बिहान साढे ११ बजे प्रतियोगितामा भाग लिइरहेको अवस्थामा  त्रिभुवन आर्मी क्लबका एक खेलाडीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारीले बताए ।

पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित