Khabar Samachar

भविष्यका प्रधानमन्त्रीहरु देउवा र प्रचण्ड – माधव नेपाल

206
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएको बताएका छन् । काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘हामीले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएका छौँ। संविधान र लोकतन्त्र नै धरापमा परिसकेको थियो। बाम लोकतान्त्रिक गठबन्धनले त्यसको रक्षा गरेको छ। प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढुंगले अगाडि बढेको छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै बानी बिग्रेपछि सच्चिन गाह्रो हुने बताए । उनले भने, ‘तपाईंहरु सचेत बन्नुहुन्छ भन्नेमा ढुक्क छौँ। हामी जनताको अधिकारको पक्षमा छौँ। भोलि पनि महत्व गठबन्धन दलकै छ ।’

उनले देउवा र प्रचण्डलाई देखाउँदै भने, ‘विकास निर्माणमा कानुनी समस्या आउनसक्छ । तर, त्यसलाई हल गर्न वर्तममान प्रधानमन्त्री त यहि हुनुन्छ। भविष्यका प्रधानमन्त्रीहरु पनि यहीँ हुनुहुन्छ।’

उनले प्रदेशको पनि नामाकरण गर्नेबारेमा छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित