Khabar Samachar

गुट भत्किसक्यो, शेरबहादुरजी र म मिलिसक्यौँ – डा. शेखर कोइराला

206
VIEWS

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तासँग गुटगत झगडा नगर्न आग्रह गरेका छन्।

उनले पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर पछिल्ला दिन काम भइरहेको भन्दै तल्ला तहका नेता कार्यकर्ता झगडा गर्नुको कारण नबुझेको पनि उनले बताए।

मोरङको सुन्दरहरैँचा-५ आइतवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिँदै जाँदा कोइराला सभापति देउवासँग नजिएको उनको भनाइले पुष्टि गर्छ।

‘स्थानीय निर्वाचजनमा के भयो, अधिवेशनमा के भयो, अधिवेशन त नेपाली कांग्रेसभित्रको प्रतिस्पर्धा हो, त्यो तुषलाई तपाईंहरु सबैले त्यागौँ। मैले त त्यागिसके। तपाईंहरुले किन नत्याग्ने?’ कोइरालाले आफू पक्षीय नेता कार्यकर्तालाई भने, ‘शेरबहादुरजी र म सँगै लडेको होइन, गुट बनाएको होइन? त्यो माथि लगेकै होइन?

उनले आफू र शेरबहादुर देउवा मिलिसकेपछि झगडाको अर्थ नभएको पनि बताएका छन्।

‘शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन झगडा गरिरहनुभएको छ? त्यो मैले बुझ्न सकिरहेको छैन,’ उनले भने।

नेता कोइरालाले आफू र सभापति देउवाबीच पछिल्ला दिन सल्लाहमै काम भइरहेको पनि खुलासा गरेका छन्।

‘लडाइँ शेरबहादुरजी र मेरो प्रतिस्पर्धा, तलदेखि माथिसम्म गयो, त्यो लडाइँ समाप्त भइसक्यो, शेरबहादुरजी र म एकै ठाउँमा उभिएका छौँ’, उनले भने, ‘म पटक पटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु, मेरो कुरा सुनिरहनुभएको छ, मेरो कुरा मानिरहनुभएको छ। अनि तपाईँहरु तल किन लडिरहनुभएको छ, मैले कुरा बुझ्न सकिन। के को लाडनुहुन्छ? के पाउनुहुनछ? केही पनि पाउनुहुन्न।’

स्मरणीय कुरा नेता कोइराला अहिले मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्।

उनी आफूलाई २०७४ मा पराजित गर्ने नेकपा एमालेका नेता लालबाबु पण्डितसँगै फेरि भिड्दैछन्।

संघ र प्रदेशको टिकट वितरणमा तीव्र असन्तुष्टि जनाएका नेता कोइराला समानुपातिक र प्रत्यक्षतर्फ सम्माजनक सिट मिलेपछि विवाद शान्त पार्ने प्रयासमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित