Khabar Samachar

कमेडियन अपूर्वक्षितिजको माफी स्वीकार गर्दै मुद्दा फिर्ता गरौं – विवेकशील साझा

201
VIEWS

विवेकशील साझा पार्टीले कमेडियन अपूर्वक्षितिज सिंहमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने बताएको छ।

अपूर्वक्षितिजले माफी मागिसकेकोले स्वीकार गर्दै उनीमाथि लगाइएका मुद्दा फिर्ता लिइनुपर्ने विवेकशील साझाले बताएको हो।

पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले शनिबार विज्ञप्ति जारी गर्दै अपूर्वक्षितिज माथि लगाइएका मुद्दा फिर्ता गरी सामाजिक सहिष्णुताको जगेर्ना गर्नुपर्ने उल्लेख गरेका छन्।

‘स्ट्यान्डअप कमेडियन’ अपूर्वक्षितिज सिंहले माफी माग्दै आफ्नो विवादास्पद कमेडी युटुबवाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्दा अझै विचाराधीन भइरहँदा समुदाय विभक्त हुने खतराप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। कलाकार सिंहलाई २ पटक गरी १५ दिनभन्दा बढी हिरासतमा राखिसकिएको र यस विषयले समाजको दुई अतिवादी शक्ति मुखरर हुँदा नेपाली समाजको सहिष्णु शक्तिमा समेत क्षय हुँदै गएकोप्रति सरोकारवाला सवै संवेदनशील हुन विवेकशील साझा पार्टी हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजीत हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्धा दायर गरेकाहरुलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण वनाउनुपर्ने पनि विवेकशील साझाको भनाइ छ।

‘विवेकशील साझा पार्टी संवैधानिक रुपमा लिपीबद्ध अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदा प्रतिबद्ध रहेको छ। हामी अभिव्यक्ति स्वतन्तन्त्रताको दुरुपयोग र अभिव्यक्ति स्वतन्त्रता सीमाहीन छ भन्ने पक्षमा भने कदापी छैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी मर्यादित अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि सचेत र जिम्मेवार हुँदै आफ्नो कला प्रस्तुत गर्न पाउने प्रत्याभूतिका लागि वातावरण बनाउन कलाकार, सरकार र सरोकारवालाहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं।’

उजुरीकर्तालाई मुद्धा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गरिएको प्रवक्ता प्रकाशचन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित