Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमालेद्वारा घोषणापत्र सार्वजनिक

204
VIEWS

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा एमालेले आगामी पाँच वर्षमा नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्याउने घोषणा गरिएको हो ।
मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्दै उनले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पु¥याउने घोषणा गर्नुभएको हो । यसका साथै उनले नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पु¥याउने पनि घोषणामा उल्ल्ेख छ ।
एमालेले घोषणापत्रमा दस हजार लिटर पानी निस्शुल्क बाँड्ने उल्लेख गरेको छ । यसका साथै ५० युनिट बिजुली निःशुल्क बाँड्ने, ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्याउने, ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने र न्यूनतम् ज्याला रु २५ हजार पुर्याउने लगायत एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
एमाले ५ वर्षमा ग्यारेन्टी गरेका २० बुँदाहरु यस्ता छन् ।
–पहिलो शेषन, समृद्धि अधिवेशन
– नेपालीलाई मात्र नागरिकता
–हंगर नो लंगर
–सातै प्रदेशमा खाद्य गुणस्तर मापन
–उत्पादन स्वदेशी, बजार विदेशी
– सुरक्षित छाना, पुग्छ सबैकोचाहना
–कमाई÷युवाको रोजाइ
–५ वर्षमा २५ लाख रोजगारी

–५ लाख रोजगार, न्यूनतम् ज्याला २५ हजार
–पढाइ, भविष्यको जग बसाई
–प्रेसर सुगर, टेन्सन ओभर
–फ्रि मिटर १० हजार लिटर
–फ्रि मिटर,५० यूनिट
–खेतबारीम पानी, खाडीमा होइन बारीमा जवानी
–दिनदिनै सडक विस्तार,कृषीको पूर्वाधार
–नो तार, सहर बजार
–नो लाइन, अनलाइन
–हामी सामाजिक,सभ्य नागरिक
–हाम्रो अर्थ ,सय खर्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित