Khabar Samachar

नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने

200
VIEWS

 

नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने भएको छ।

सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार सन् २०२७ मा हुने यू–१९ विश्वकप आयोजकको नाम सार्वजनिक गरेको हो।

आईसीसीका अनुसार नेपाल र बंगलादेशले संयुक्त रुपमा विश्वकप आयोजना गर्नेछ। सन् २०२४ को यू–२४ पुरुष विश्वकप श्रीलंका र २०२६ को विश्वकप जिम्बावे र नामिबियाले गर्नेछन्।

सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको छ । मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् । सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित