Khabar Samachar

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आगो लाग्यो, आपतकालीन अवतरण

209
VIEWS

 

भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आगो लागेको छ।

यससँगै उक्त विमान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ। यो घटना शुक्रबार राति करिब १० बजेको हो।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बेंग्लोर जाँदै गरेको फ्लाइट संख्या ६ई–२१३१ को विमानमा देखिएको प्राविधिक समस्याको कारण इन्जिनमा आगो लागेको थियो। यससँगै पाइलटले विमानस्थलमा नै आकस्मिक अवतरण गराएका हुन्।

समाचारमा उल्लेख गरिएअनुसार विमानका सबै यात्रु सुरक्षित छन् र कसैलाई पनि कुनै क्षति पुगेको छैन।

पछि अर्को विमानमा राखेर उनीहरुलाई गन्तव्यमा पठाइएको थियो। यो विमानमा १७७ यात्रु थिए र चालक दलका सात सदस्य सवार थिए। इन्डिगोले पनि एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ।

स्रोतका अनुसार विमानको इन्जिनमा आगो लागेको उडानको प्रतीक्षामा रहेको स्पाइसजेटको विमानका पाइलटले जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित