Khabar Samachar

Search
Close this search box.

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

204
VIEWS

काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ। अञ्जन विष्टको निर्णायक गोलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० गोलको नतिजामा पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलको ८३औँ मिनेटमा अञ्जनले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । उनले सुनिल बलको क्रसमा सुन्दर गोल गरेका थिए ।

तीन वर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान र नेपाल दुवै टिमले पाएका केहि अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।खेल सुरु भएको ४० सेकेन्ड पनि बित्न नपाउँदै विमल घर्ती मगरले ६ यार्ड बक्सको दायाँ भागमा बल पाएका थिए । तर, उनले प्रहार गर्न ढिलो गर्दा पाकिस्तानका डिफेन्डरले क्लियर गरिदिएका थिए ।

पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८२ औँ मिनेटमा अन्जन विष्टले गोल गरेर जित दिलाउन सफल भए।

रोहित चन्दको कप्तानीमा उत्रिएको नेपाली टोलीले यो जित निकालेपछि प्रशिक्ष प्रवेश कटुवालको सुरुवात पनि राम्रो भएकोछ।

उता रोहितले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्दै टिमलाई जिताउन सफल भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित