Khabar Samachar

राजेश पायल राईको स्वरमा ‘किरण केसी र अस्मिता’को ‘ख्यालठट्टा’

212
VIEWS

चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको ख्यालठट्टा गिती एल्बम भिडीयोको सुटिङ सकिएको छ । उक्त भिडियो छिट्टै बजारमा सार्वजनिक गरिने बताइएको छ । लण्डन निवासी साहित्यकार, लेखक, कवि तथा समाजसेवी सुधा मरहट्टाको शब्द सृजना रहेको उक्त गित रमाइलो पारा हुनको साथै वर्तमानमा घटिरहेका विभिन्न घटनाहरुलाई नजिकबाट केलाएर निर्माण गरिएको छ ।उक्त एल्बममा उदयराज पौडेलको संगीत रहेको छ । विगत लामो समयदेखि लण्डनमा बस्दै आएकी गीतकार मरहट्टाले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटकझैं दर्शकहरुले माया मानिदिने विश्वास व्यक्त गरेकी छिन ।भिडियोमा किरण केसीको मुख्य अभिनय रहेको छ । किरण केसी नेपाली रंगमञ्चका खारिएका वरिष्ठ कलाकार हुन । उनले राष्ट्रिय नाच घरबाट मह जोडीसँगै थिएटर कलाकारको रूपमा आफ्नो करियर शुरु गरेका थिए । केसी टेलिभिजनमा जिरे खुर्सानी जस्ता सिरियसलमा काम गरेर हास्यकलाकारको छबि बनाएका अभिनेता हुन । केसीले नेपाली फिल्मम शत्रु गेट समेत बनाएका थिए । केसीसँगै भिडियोमा अस्मिता जुरेली, कमल सिँह र रोशन श्रेष्ठले अभिनय गरेका छन । ठटैली र रमाइलो पाराको उक्त गितलाई नयाँ पुस्ताका चर्चित निर्देशक शसान कडेलले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । ख्यालठट्टा गीतको भिडियोले हरेक नेपालीहरुको मन छुने उनले विश्वास लिएका छन ।गीतकार मरहट्टाकै आफ्नै अफिसियल च्यानल ‘सनराईज म्युजिक’बाट बजारमा आउदै गरेको भिडियोको कोरियोग्राफी प्रख्यात घिमिरेले गरेका छन भने सिनेमेटोग्राफर दिपक राइको रहेको छ । गीतकार मरहट्टाको यसअघि ‘फुल फुल्यो’, ‘तिम्रो मायाले’ र ‘यो माया’ लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित