Skip to main content

Khabar Samachar

Search
Close this search box.

जापान कोस्टारिकासँग पराजित

205
VIEWS

कतारमा भइरहेको फिफा विश्वकपमा पहिलो खेलमै जर्मनीलाई सत्ब्ध बनाएको एसियाली राष्ट्र जापान दोस्रो खेलमा कोस्टारिकासँग १-० ले पराजित भएको छ ।

अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको छ ।

कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमा स्पेनसँग ७-० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहमा रहेको स्पेन र जर्मनीबीच आज मध्यराति खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित