Khabar Samachar

थापाथली सुकुम्वासी बस्ती हटाउन जाने क्रममा झडपमा नगर प्रहरी प्रमुख सहित ३६ घाइते 

204
VIEWS

थापाथलीको सुकुम्वासी बस्ती हटाउन जाने क्रममा आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्।

घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीका अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो।

सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नु पर्ने थियो । त्यस अवधिमा किनाराका संरचना हटेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित