Khabar Samachar

Search
Close this search box.

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा

200
VIEWS

नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन्। समूह एअन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार राती नेदरल्यान्ड्सले कतारलाई २-० र सेनेगलले इक्वेडरलाई २-१ गोलले हरायो।

३ खेलबाट ७ अंक भएको नेदरल्यान्ड्स समूहको विजेता बन्यो भने सेनेगल ६ अंकसहित उपविजेता बन्यो।   प्रतियोगिताअन्तर्गत पोर्चुगल, फ्रान्स र ब्राजिल यसअघि नै नकआउट चरण पुगिसकेका छन्।

नेदरल्यान्ड्सले कतारविरुद्ध २६ औँ मिनेटमा अग्रता लिएको थियो। कोडी गाक्पोले अग्रता दिलाएका थिए। ४९ औँ मिनेटमा फ्रान्की डी योङले अग्रता दोब्बर बनाएका थिए। यता सेनेगलले इक्वेडरविरुद्ध ४४ औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो। दोस्रो हाफमा इक्वेडरले खेललाई बराबरीमा ल्याएपनि सेनेगलले फेरी अग्रता लिएको थियो।

सेनेगलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा कतारलाई हराएर अगाडि बढ्ने सम्भावना कायमै राखेको थियो। यता पहिलो खेलमा सेनेगललाई हराएको नेदरल्यान्ड्स दोस्रो खेलमा इक्वेडरसँग बराबरीमा रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित