Khabar Samachar

Search
Close this search box.

अध्यादेशको गलत बाटो नरोजौँ, संसदलाई उपयोग गरौँ – प्रदीप पौडेल

204
VIEWS

टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्ने कानुनी बाटो खोल्न सरकारले अध्यादेश ल्याउने तयारी भएपछि नेपाली कांग्रेसबाटै चर्को विरोध भएको छ।

दुईजना महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा विरोधमा उत्रिएलगत्तै काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले पनि आलोचना गरेका छन्।

उनले अध्यादेशको कदम हिजो पनि गलत र आज पनि गलत भन्दै फरकपनको आभाष नभएको उल्लेख गरेका छन्।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि’, उनले भने, ‘पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ?’

उनले अब सबै विषयहरुको हल संसदबाट गर्नुपर्ने पनि मत राखेका छन्। ‘सबै विषयहरूको उचित हल हतारोमा अध्यादेशमार्फत् होइन, नव निर्वाचित संसदमार्फत खोजौँ’, उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित