Khabar Samachar

सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी भनी मुद्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद

32
SHARES
1k
VIEWS

बलात्कार गरेको झुटो आरोप लगाउने एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । अछामकी १९ वर्षीया किशोरीले सोही जिल्लाका एक पुरुषलाई जर्बजस्ती गरेको आरोप लगाएपछि उनलाई अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर बलात्कार आरोप लगाएकी किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजाय सुनाएको हो । किशोरीले विवाहको प्रस्ताव लिएर घरमा आएका पुरुषमाथि बलात्कार आरोपमा गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जोहरी दिएकी थिइन्।

फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो। घरमा पुगेका पुरूषले किशोरीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए। सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए।खाटमा बहिनीसँग सुतेकी किशोरीलाई भुइँमा सुतेका पुरूषले तानेर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। तर पुरूषले युवतीले राति खाटबाट युवतीसँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए।

किशोरीले पनि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएको कुरालाई अदालतले आधार बनाएको छ।

सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको ठहर गर्दै अदालतले बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरूषलाई सफाइ दिएको छ।

पीडित पक्षलाई फैसला चित्त नबुझे ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न म्याद दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित