Skip to main content

Khabar Samachar

Search
Close this search box.

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

212
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी गराए । उनले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुंगो भने पछि लगाइने बताए । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित