Khabar Samachar

रामकुमार र महिन्द्रले लिए शपथ

201
VIEWS

बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।

उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।

शपथ समारोहमा सचिवालयका महासचिव भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो।

प्रतिनिधिसभाका २ सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राई कारणवश शपथ लिन छुटेका थिए।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक १ सय १० गरी २ सय ७५ सांसद छन्।

दुई सांसदले शपथ लिन अझै बाँकी छ। सांसद प्रेम आले पारिवारिक शोक छन् भने माया राई सुत्केरी भएका कारण शपथ लिन सकेकी छैनन्।

उनीहरूले उपयुक्त समयमा शपथ लिनसक्ने सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित