Khabar Samachar

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत

210
VIEWS

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए ।

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित