Khabar Samachar

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेट

205
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २६ गते विश्वासको मत लिने तय भएको छ । यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित