नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाहसर्वसम्मती रूपमा चयन भएका छन् । बुधबार प्रदेश संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
बुधबार कांग्रेस संसदीय दलको नेता छनोटका लागि शाहको मात्रै मनोनयन दर्ता परेको थियो।
सोही आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित शाहलाई सर्वसम्मत रुपमा चयन गरिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिए।
यसअघि संसदीय दलको नेतामा बहादुर सिंह थापा, प्रकाश देउवा, दिवानसिंह विष्ट, मेघराज खड्का प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट गरी ७ जनाको दाबी थियो।
Discussion about this post