Khabar Samachar

कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारविरुद्ध निर्मम भएर लाग्नेछौं : रवि लामिछाने

206
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकबासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौं’ उनले भने, ‘हाम्रो सांसदहरुको सांसदका कारण शीर झुकाउनुपर्ने छैन । कुनैअनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौं ।’‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’, लामिछानेले भने, ‘नेपाली जनताले यसपटक जानेर नजानेर असाध्यै जानेर मत दिनुभएको छ। कसैलाई पनि नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित