Khabar Samachar

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

201
VIEWS

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ।

मंगलबार काठमाडौंमा सबेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय लिएको नेता शरदसिंह भण्डारीले बताए ।

बबरमहलसिथत पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा विश्वासको मतसहित मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनले बताए।

यसअघि मंगलबारै नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय लिएको थियो।

तर समाजवादीले सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ।

लोसपाका सांसद शरदसिंह भण्डारीका अनुसार प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित