Khabar Samachar

घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

204
VIEWS

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् ।

नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए ।गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित